७ आश्विन २०८३, बुधबार | September 23, 2026

बजेट जनता र राष्ट्रको पक्षमा : प्रधानमन्त्री



चितवन ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले बजेट समग्रमा सन्तोषजनक रहेको बताए । उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।” सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उहाँको भनाइ छ । “यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, उनले भने ।

प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्रीले कुनै परिवर्तन नहुने बताए । उनले भने, “मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।”

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ११ : ५२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज