१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

सहकारी क्षेत्रको समस्या समाधानका लागि प्राधिकरण गठनको तयारी



काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सहकारी नियमन एवं अनुगमन गर्न प्राधिकरण गठन गर्ने तयारी थालिएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उनले उक्त प्राधिकरण गठन गर्ने सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको जानकारी दिए । सहकारीका क्षेत्रमा व्याप्त समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालय गम्भीर रहेको उनले बताए ।

“सहकारी क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि सबै तहका सहकारी नियमन एवं अनुगमन गर्न एक प्राधिकरण गठन गर्नेगरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको छ”, मन्त्री अधिकारीले भने, “यी सबै संयन्त्र स्थापनाका लागि आगामी आवमा बजेटसमेत व्यवस्था गरिसकिएको छ ।”

उनले प्रदेश तथा स्थानीय सरकारसँग सहकारी समस्या समाधानका लागि विषयगत समिति गठन गरिएकोसमेत जानकारी दिए। मन्त्री अधिकारीले अहिलेसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरी ती सहकारीको व्यवस्थापन ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ मार्फत भइरहेको जानकारी दिए ।

उनले समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्तासँग अनलाइनमाफत माग दाबी माग गरिएबमोजिम ५९ हजार पाँच सय ८७ वटा मागदाबी निवेदन प्राप्त भएको बताए ।

उक्त निवेदनका आधारमा रु ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन गरिएको छ । उहाँका अनुसार कुबेर बचत तथा ऋण सहकारी संस्था, स्ट्यान्डर्ड बहुउद्देश्यीय सहकारी संस्था र चार्टर्ड बचत तथा सहकारी संस्था गरी तीन वटा समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा बचत भुक्तानी सम्पन्न गरिएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकसमेतको संलग्नतामा सहकारी बैंकको सघन अनुगमन सम्पन्न भई वित्तीय स्वास्थ्य बलियो पारी सुशासन र प्रभावकारी सञ्चालनका लागि निर्देशन दिइएको छ । मन्त्री अधिकारीका अनुसार सहकारी संस्थाबाट गरिने कर चुक्ता र जग्गा रोक्का फुकुवाका लागि सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली ९कोपोमिस०मा आबद्धता अनिवार्य गरिएको हो । उनले सहकारी ऐन, २०७४ संशोधनका लागि प्रारम्भिक मस्यौदा तयारी भएको जानकारीसमेत दिए ।

 

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ८ : २१ बजे

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग

विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

नयाँदिल्ली । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका

बुटवलको बजार क्षेत्रमा एमालेको उत्साहजनक प्रदर्शनसहित घरदैलो (फोटो फिचरसहित)

बुटवल । नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदार