२१ मंसिर २०८२, आइतबार | December 7, 2025

हात्तीको २ दारासहित ठोरीबाट ३ जना पक्राउ



वीरगन्ज । पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दारा सहित तीनजना मानिसलाई पक्राउ गरेको छ ।

स्थानीय ठोरी गाउँपालिका ४ गोरखपुर टोलमा प्रहरीले बिशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी तौल भएको दुईवटा हात्तीको दारा बरामद गरेको हो ।

पर्सा प्रहरी प्रवक्ता डिएस्पी दिपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दारा खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए । स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमीन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दारा बरामद भएको प्रहरी प्रवक्ता भरतीले जानकारी दिएका छन ।

हात्तीको दारा ओसारपसार र बिक्री बितरणमा संलग्न रहेको आरोपमा ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ का प्रेम शर्मा र वडा ३१ का अमिरीलाल महतोलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले नेपाली ५० रुपैयाको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ ।

डिभिजन वन कार्यालय पर्साको सहकार्यमा अनुसान्धान भईरहेको प्रवक्ता भारतीले बताएका छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ४ : ४२ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन