१७ बैशाख २०८२, बुधबार | April 30, 2025

कर्मचारीको आन्दोलनले संसद बैठक प्रभावित



काठमाडौं । संघीय संसदका कर्मचारीको आन्दोलनले प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । कर्मचारीको लगातारको आन्दोलनका कारण आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अबेरगरि सुरु भएको छ ।

अतिरिक्त समय काम गरेको पारिश्रमिक पाउनु पर्ने लगायतका माग अघि सार्दै सङ्घीय संसदका कर्मचारीहरू १२ दिनदेखि आन्दोलनमा छन् ।

आज बिहान मात्र उनीहरुको माग सम्बोधनको विधि तय गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्त्वमा समिति गठन भएको छ । गठित समितिमा मन्त्री गिरीसँगै संसद्का महासचिव पद्म प्रसाद पाण्डेय र अर्थसचिव मधु मरासिनीलाई जिम्मा दिइएको छ ।

सरकारले आइतबारको प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट आश्रित विधेयकहरु पारित गर्ने कार्यसूची बनाएको छ । मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि ती विधेयकहरु पारितको कार्यसूची छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १२ : ५९ बजे

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने

काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल

आज अन्तरराष्ट्रिय ज्याज दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक