१८ चैत्र २०८२, बुधबार | April 1, 2026

फणिन्द्र देवकोटालाई माओवादीले गरेको कारवाही असंवैधानिक : सर्वोच्च

प्रदेश सांसदका रुपमा काम गर्न दिन अन्तरिम आदेश



काठमाडौँ । सवोच्च अदालतले गण्डकी प्रदेश सभाका सदस्य फणिन्द्र देवकोटामाथि माओवादी केन्द्रले गरेको कारवाही असंवैधानिक भएको ठहर गरेको हो ।

देवाकोटाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले देवकोटालाई सांसदका रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

सरकारलाई विश्वासको मत दिने क्रममा पार्टी ह्वीप उल्लंघन गरेको भनी माओवादी केन्द्रले गरेको कारबाही गरेपछि गण्डकी प्रदेशसभाका सभामुखले देवकोटालाई पदमुक्त गरेका थिए । तर देवकोटामाथि गरिएको कारवाही असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेशमा देवकोटालाई भएको कारबाही कार्यान्वयन नगर्नूरनगराउनू भनिएको छ ।

सर्वोच्च अदालतले देवकोटा नेपाल समाजवादी पार्टीसँग आवद्ध भएको सांसद भएको तथ्य उल्लेख गरेको छ । सर्वोच्चको अन्तरिम आदेशसँगै गण्डकी प्रदेश सरकार तत्कालका लागि जोगिएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ४ : १८ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको

कांग्रेस अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ

रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी । रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक