२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनीका मुख्यमन्त्री महरा भन्छन् – महिलालाई सबै क्षेत्रमा सक्षम बनाउन जरुरी छ



सिद्धार्थनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला आयोगलाई थप सक्रियतापूर्वक काम गर्न आग्रह गरेका छन् ।

आयोगले आज लुम्बिनी प्रदेशसभाका नीतिगत विषयमा प्रदेशसभाका संसदीय समितिका सभापति र महिला सांसदसँग अन्तक्र्रियामा मुख्यमन्त्री महराले महिलालाई सबै क्षेत्रमा सक्षम बनाउने गरी सबैले काम गर्नुपर्ने धारणा राखे ।

उनले यस्ता छलफल तथा अन्तक्र्रियाले नीति, नियम निर्माणमा सहयोग पुग्ने भएकाले आयोगले प्रदेशसँगै सङ्घीय सरकारलाई पनि यसतर्फ ध्यानाकर्षणका लागि पहलकदमी लिनुपर्ने सुझाव दिए । “नेपालमा विभिन्न आन्दोलन तथा जनयुद्धले सबै क्षेत्रमा जागरुकता ल्याएको छ । अब महिलालाई सबै क्षेत्रमा सक्षम बनाउन आयोगले थप भूमिका खुल्नपर्ने आवश्यकता छ ।”

यस्तै महिलाको सम्पत्तिमा पनि समान अवसर प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री महराले यसमा सकारात्मक भूमिका खेल्न सबैले सहयोग गर्न जरुरी रहेको उल्लेख गरे । “पछिल्लो समय नेपालमा महिलाहरू राजनीति र विचारमा अगाडि आएका छन् । अब आर्थिक, सामाजिक रुपमा थप शसक्त बनाउन आयआर्जन र सम्पत्तिमा पनि पहुँच बढाउन लाग्नुपर्छ । प्रदेश सरकारले पनि आएका सुझावलाई समेटेर नीति–नियम निर्माणमा जोड दिनेछ ।”

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले समाजमा देखिएका विभिन्न विभेदको अन्त्यका लागि आयोगले अभियान चलाउनुपर्ने सुझाव दिए । उनले आयोगले सातै प्रदेशसभासँग सहकार्य गरेर ऐन, कानुन र नीतिनियम निर्माण गर्दा उपलब्धीमूलक हुने धारणा राखे।

कार्यक्रममा लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती अधिकारीले नीति निर्माण तहमा महिला नेतृत्वले भोगेका समस्या पहिचान गरी आयोगले समाधानका लागि सहजीकरण गर्नुपर्ने धारणा राखे ।

लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले संविधानले गरेका व्यवस्था लागू गर्न सबै निकायले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आयोगले सबै प्रदेशका प्रदेश महिला सांसदसँग प्रत्यक्षरुपमा छलफल गर्दै आएको बताए। यसले नीतिगतरुपमा काम गर्न सहज भएको उनको भनाइ छ । खतिवडाले समाजमा अहिले पनि महिला पुरुषबीच विभेद कायमै रहेको भन्दै त्यसको न्यूनीकरणका लागि आयोगले जनप्रतिनिधिसँग सहकार्य गरेर काम गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ८ : ३३ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा