१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

आजको मौसम : लुम्बिनीबाहेक ६ प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशका विभिन्न भू-भागमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

वाग्मती, कोसी, गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित बिहानैदेखि हल्कादेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ । बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राती कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन विभागको आग्रह छ । भारी वर्षाले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ६ : ०६ बजे

टी-२० विश्वकप सुपर-८ मा आज निर्णायक खेल, भारत र वेस्ट इन्डिजमध्ये एक सेमिफाइनलमा पुग्ने

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ चरणमा आइतबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरबाट पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा

रुपन्देहीमा यस्तो छ निर्वाचनको तयारी

लुम्बिनी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मध्यपूर्वको मिसाइल आक्रमणले चिन्तित बने ओली, ‘नेपालीको सुरक्षाले निद्रा हरायो’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

सार्वजनिक स्थानमा होली नखेल्न प्रशासनको आग्रह

कञ्चनपुर । होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी