२४ भदौ २०८३, बुधबार | September 10, 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरबाट पक्राउ



काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले भक्तपुरस्थित निवासबाट पुनः पक्राउ गरेको छ ।

प्रहरीका अनुसार प्रसाईँलाई पक्राउ गर्न प्रहरी टोली शुक्रबार बिहानै भक्तपुरस्थित उनको घरमा पुगेको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पटक-पटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँले पछिल्लो समय विभिन्न सार्वजनिक अभिव्यक्तिमार्फत चुनाव विथोल्ने चेतावनी दिँदै आएका थिए । सोही अभिव्यक्तिसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि उनलाई पुनः पक्राउ गरिएको बताइएको छ ।

यसअघि प्रसाईँलाई पक्राउ गरिएको भए पनि सर्वोच्च अदालतको आदेशपछि केही दिनअघि मात्र रिहा गरिएको थियो। प्रहरीले उनको पक्राउबारे थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ५६ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको