१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरबाट पक्राउ



काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले भक्तपुरस्थित निवासबाट पुनः पक्राउ गरेको छ ।

प्रहरीका अनुसार प्रसाईँलाई पक्राउ गर्न प्रहरी टोली शुक्रबार बिहानै भक्तपुरस्थित उनको घरमा पुगेको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पटक-पटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँले पछिल्लो समय विभिन्न सार्वजनिक अभिव्यक्तिमार्फत चुनाव विथोल्ने चेतावनी दिँदै आएका थिए । सोही अभिव्यक्तिसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि उनलाई पुनः पक्राउ गरिएको बताइएको छ ।

यसअघि प्रसाईँलाई पक्राउ गरिएको भए पनि सर्वोच्च अदालतको आदेशपछि केही दिनअघि मात्र रिहा गरिएको थियो। प्रहरीले उनको पक्राउबारे थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ५६ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार