१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

बोरिङको पानी पिउन घण्टौँ कुर्छन् स्थानीयवासी



कर्णाली । वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरुको दैनिकी बनेको छ ।

पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका-३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी वितरण गरेपछि स्थानीयले राहत पाएका छन् । माझगाउँ टोल विकास समितिले भने बोरिङबाट पानी निकाल्न एक सय दुई मिटर खन्दासमेत पानी भेटिएन ।

मण्डलीले ४० मिटर गहिराइबाटै पानी निकालेको छ । पानीको हाहाकारका बेला चर्चले ठूलो राहत प्रदान गरेको सोही टोलकी स्थानीय भगवतीकुमारी थापाले बताइन । “पानी अभावले व्याकुल बनेको यो बस्तीका लागि चर्च सहयोगी बनेको छ”, थापाले भनिन, “इनारको कालो र रातो पानी खानुपथ्र्यो । करिब दुई महिनादेखि सफा पानी खाँदै आएका छौँ । खाने, नुहाउने, लुगाधुने, शौचालय जाने, भान्सामा प्रयोगलगायत सबैमा यसले सुविधा दिएको छ ।”

उनका अनुसार चर्चमा पानी लिन बिहान ४ देखि राति १२ बजेसम्म स्थानीय लाममा बस्छन् । लाममा बस्नेले दुईदेखि तीन घण्टा कुर्नुपर्छ । स्थानीय धनबहादुर खत्रीले भान्सादेखि शौचालयसम्म बोरिङ्कै पानीले धानेको बताए । “यसअघि मान्छेहरु कसरी बाँच्या थिए थाहा छैन । अहिले प्यास मेटाउने मात्र होइन, हाम्रो सम्पूर्ण आवश्यकता यसले पुरा गरेको छ,” उनले भने । वडा नं।३ देखि ४ सम्मका एक हजार भन्दा बढी घरधुरीले चर्चकै खानेपानीको सुविधा लिएको खत्रीले जानकारी दिए ।

कालिकोट शुभकालिका गाउँपालिका दुई भर्ता घर भई हाल उक्त टोलमा बस्दै आएकी रुपा विश्वकर्माले सहरको कहर बल्ल थाहा पाएको बताइन । उनले भनिन, “म घरभाडामा बसेर बालबच्चा पढाईरहेकी छु । सबै सुविधा छ भनेर सहर पसियो यहाँ त कहर मात्र खेप्नुपर्दो रहेछ ।”

माझगाउँ टोल विकास समितिका अध्यक्ष तिलाचन्द्र अधिकारीले खानेपानी समस्या समाधान गर्न सरकारले नसकेको बताए । “पानी, जिन्दगानी हो । प्रदेश राजधानीको नगरपालिका भन्ने मात्र छ । खानेपानी, विद्युत, सडकको समस्या दुर्गम भन्दा कम छैन”, उनले भने, “सुक्खायाममा बालबच्चालाई पानी खुवाउन र वर्षामा आवतजावत गर्नसमेत समस्या छ ।” ती समस्याका विषय वडा हुँदै नगरपालिकासम्म राखे पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ६ : २४ बजे

टी-२० विश्वकप सुपर-८ मा आज निर्णायक खेल, भारत र वेस्ट इन्डिजमध्ये एक सेमिफाइनलमा पुग्ने

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ चरणमा आइतबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरबाट पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा

रुपन्देहीमा यस्तो छ निर्वाचनको तयारी

लुम्बिनी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मध्यपूर्वको मिसाइल आक्रमणले चिन्तित बने ओली, ‘नेपालीको सुरक्षाले निद्रा हरायो’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

सार्वजनिक स्थानमा होली नखेल्न प्रशासनको आग्रह

कञ्चनपुर । होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी