१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

खनाल र भुसालबीच छलफल, अध्यक्ष नेपाललाई मिलेर चुनौती दिने तयारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहदा उनलाई वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् ।

यसैबीच अध्यक्षको दौडमा रहेका खनाल र महासचिव भुसालले छलफल गरेका छन् । खनाल निवास डल्लुमा भएको छलफलमा मिलेर जाने सहमति भएको दाबि गरिएको छ । खनाल र भुसाल एक ठाउमा आएमा अध्यक्ष नेपाललाई भुसालले अध्यक्षमा चुनौती दिनसक्ने बुझिएको छ । औपचारिक रुपमा खनालले भुसाललाई समर्थन गरेको जानकारी नदिएपनि उनले भुसाललाई अगाडी सार्ने रणनीति बनाएको बुझिएको छ ।

असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा १९ पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमिति चयन हुदै छ । विद्यमान कमिटीमा ३५० सदस्यीय कार्यसमिति रहेकामा आकार घटाउन लागिएको हो । करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ ।

महाधिवेशन आयोजक समितिका ४५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । कुल एक हजार ८४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिने बताइएको छ ।

तत्कालीन नेकपा एमालेबाट विभाजित भएपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशौँ महाधिवेशन गर्न लागेको जनाएको छ । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ४ : २२ बजे

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

अदानचुली । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए , २१ ले मात्र खोले

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१

रास्वपा कर्णालीकी संस्थापक महामन्त्रीसहित दुई नेता कांग्रेसमा

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री

टी-२० विश्वकप सुपर-८ मा आज निर्णायक खेल, भारत र वेस्ट इन्डिजमध्ये एक सेमिफाइनलमा पुग्ने

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ चरणमा आइतबार