१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष



तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही रु पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ ।

बालबालिकालाई उपचार तथा शिक्षाका निम्ति आर्थिक समस्या हुन नदिन जन्मने वित्तिकै पालिकाले बच्चाकै नाममा रु पाँच हजारको दीर्घकालिन बचतकोष खडा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । उनले भने, “यो रकमले त्यस्ता बालबालिकाको अध्ययन तथा अन्य कार्यका लागि सहयोग पुग्नेछ । कार्यविधि बनाएर बच्चाको नाममा खाता खोलेर रकम जम्मा गरिनेछ ।” त्यसका लागि बच्चा ऋषिङ गाउँपालिकाभित्रकै स्वास्थ्यसंस्थामा जन्मिएको हुनुपर्ने प्रावधान राखिएको छ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भवतीले जाँच गराएको र प्रसूति गराएपछि जन्मिने बच्चाको हकमा यो प्रावधान लागु हुने उनको भनाइ छ ।

गाउँपालिकाले विपन्न समुदायलाई निःशुल्क एम्बुलेन्स सेवा, संस्थागत प्रसुतीलाई बढावा, नियमित गर्भजाँच गर्नेलाई पोषण उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए । बालबालिकालाई कुपोषणमुक्त बनाउन पोषण सेवा तथा सबै कार्यालयमा स्तनपानकक्ष स्थापना गरिने उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षदेखि ‘उज्यालो ऋषिङ अभियान, खरको छानोमुक्त ऋषिङ, ऋषिङ फर्क अभियान, एक वडा एक उत्पादन, सासुसँगै बुहारी’ कार्यक्रमलाई सञ्चालन गरिने छ । साथै गाउँपालिकाका जनप्रतिनिधिको एक महिनाको तलब सामुदायिक विद्यालय सुधारमा खर्च गरिने छ । वार्षिक रुपमा एक महिनाको तलब अक्षयकोष स्थापना गरी त्यसमा दाखिला गरिने छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : २५ बजे

पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

अदानचुली । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए , २१ ले मात्र खोले

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१

रास्वपा कर्णालीकी संस्थापक महामन्त्रीसहित दुई नेता कांग्रेसमा

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री