२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

मदन जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती देशको कम्युनिष्ट आन्दोलनमा उनले गरेको योगदानको स्मरणका साथ विविध कार्यक्रम गरी मनाइँदैछ ।

मदन भण्डारी फाउण्डेसनको आयोजनामा आज ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा जबजः राजनीतिक विकास र स्थायित्व विषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।

जन्मजयन्तीका अवसरमा यसअघि अनेरास्ववियुले यही असार १२ गते वृक्षरोपण गरिएको थियो । मदन भण्डारीले २०४९ माघ १४-२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेर पारित गरिएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसाद भण्डारीको माइला छोराका रूपमा उनको जन्म भएको थियोे ।

विसंं २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन आउनेक्रममा दासढुङ्गामा दुर्घटना हुँदा उनीसहित पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो । जननेता भण्डारी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक मानिन्छन ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ११ : ४८ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर