२ पुस २०८२, बुधबार | December 17, 2025

‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनाथ बालबालिकाको संरक्षण गरी शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान भएको बताएका छन ।

पूर्वाञ्चल बालसेवा आश्रम विराटनगर-१३ का अध्यक्ष बालमुकुन्द पोखरेल र संरक्षक सीता पोखरेलका नाममा स्थापित ‘सीता बालमुकुमुन्द पोखरेल प्रतिष्ठान’द्वारा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले आश्रममा रहेका ६० बालबालिकालाई शिक्षित र संस्कारयुक्त बनाएर राष्ट्रलाई महत्वपूर्ण योगदान पु¥याएको धारणा राखे । उनले प्रदेश सरकारले आश्रमलाई अझ व्यवस्थित एवं सुविधा सम्पन्न बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष पोखरेलले विगत ४० वर्षदेखि आश्रित बालबालिकालाई शिक्षित बनाई समाज एवं राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएकामा प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले यसबाट अन्य व्यक्ति तथा संस्थाले प्रेरणा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा साहित्यकार कुन्ती शर्मा र समाजसेवी श्याम अधिकारीकालाई नगद रु २५/२५ हजार एवं प्रमाणपत्रसहित सम्मान गरिएको थियो । साहित्यकार शर्मा र अधिकारीले सम्मानबाट समाजमा रहेका युवालाई साहित्य र समाजसेवामा लाग्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँले, आश्रमकी संरक्षक सीता पोखरेल, सदस्य ब्युटी श्रेष्ठ र सिद्धार्थ बैङ्कका प्रदेश प्रमुख कमल बस्नेतले आश्रमले अनाथ बालबालिकाको सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको धारणा राखे ।

कार्यक्रममा सिद्धार्थ बैङ्कले आश्रमलाई आवश्यक फर्निचर सहयोग प्रदान गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : १६ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको