१६ भदौ २०८३, मंगलबार | September 1, 2026

ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा आज आयोजित विश्व ध्यान दिवससम्बन्धी कार्यक्रममा उनले विद्यालयका बालबालिका एवं शिक्षकहरूलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशातर्फ अगाडि बढाउन सहयोग पुग्ने विचार व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले ध्यान दिवसलाई जनजनमा पु¥याउन सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले प्रदेश सरकारले विसं २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको उपलक्ष्यमा यही महिनाभित्र पर्यटन मन्त्रालयद्वारा प्रदेशका सचिव, कर्मचारीसहित एकदिने ध्यान शिविर आयोजना गर्ने जानकारी दिए ।

शिविरकी मोरङ सहसंयोजक रिता बराल कार्कीले ध्यान मानव जीवनमा यसको महत्वबारे चर्चा गर्नुभएको थियो भने मोरङ सयोजक चन्द्र च्याम्जुङले शिविर सञ्चालन गरेकी थिइन।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ११ : ४६ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त