१६ भदौ २०८३, मंगलबार | September 1, 2026

‘कृषि सम्मानित पेसा हो, पछिल्लो पुस्तालाई माटोको महत्व बुझाउनुपर्छ



काठमाडौं । अभिनेता राजेश हमालले कृषि सम्मानित पेसा भएकाले नयाँ पुस्तालाई यसको महत्व बुझाउन जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमा आज यहाँस्थित खोकनामा आयोजित कार्यक्रममा सहभागी भएका अभिनेता हमालले आफ्नो पुस्ता माटो र कृषिसँग प्रत्यक्ष जोडिएको भए पनि पछिल्लो पुस्ता त्यसबाट टाढा रहेको बताए । “म प्रत्येक असार १५ मा रोपाइँ नगरे पनि खेत र बारीको माटोसँग खेल्दै हुर्किएको हुँ । मेरो हजुरआमाले ९१ वर्षको उमेरसम्म खेतीपाती गर्नुभयो, त्यसैले पनि खेतमा पुग्ने गर्थेँ”, उनले भने, “हाम्रो पुस्ता कुनै न कुनै माध्यमबाट कृषिमा संलग्न भएता पनि अहिलेको पुस्तामा भने ग्याप देखिएको छ । उहाँहरूलाई किसानी, कृषि र माटोको महत्व बुझाउनुपर्छ ।”

उनले कृषिलाई प्राथमिकतामा राख्न नयाँ पुस्तालाई आग्रह गरे । “सक्नुहुन्छ भने कुनै रूपमा भए पनि कृषिजन्य क्षेत्रमा लाग्नुस् । आफ्नो पुस्तालाई प्रोत्साहन गर्नुस् । नयाँ पुस्ता नआई आधुनिक किसिमले खेती गर्न सकिँदैन”, अभिनेता हमालले भने ।

हमाल कृषि, उद्दमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशीला बनाएको प्रतियोगितामूलक कार्यक्रम ‘र’ मा समेत जोडिएका छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ३३ बजे

बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटियो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र

हेटौँडा-काठमाडौं आवतजावतमा ‘वान-वे’ रुट

हेटौँडा । हेटौँडा-काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक

ढुङ्गेमा यातायात सञ्चालन

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास