३ पुस २०८२, बिहिबार | December 18, 2025

एमाले-कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वभाविक देखिएन- सापकोटा



काठमाडौं । माओवादी केन्द्रले कांग्रेस-एमालेबीच भएको सहमति स्वाभाविक नभएको टिप्पणी गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै देश अग्रमनतिर जानेभन्दा पनि पश्चमगमनतिर जाने संकेतहरु देखापरेको बताएको जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार बिहान पार्टी पदाधिकारी बैठकमा बिफ्रिङ गर्दै देश पश्चगमनतर्फ जानसक्ने खतरा देखिएको बताएका छन् ।

साथै सापकोटाले एमाले-कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वभाविक नदेखिएको बताए । उनले वर्तमान सरकार बनेदेखि भ्रष्टाचारका विरुद्धमा ठूला–ठूला काम भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश गएको बेला कांग्रेस र एमालेले नयाँ सहमति गरेको बताए ।

उनले वर्तमान संविधानमा लोकतन्त्रका नयाँ मूल्य मान्यता पनि समावेश भएको बताउँदै राम्रोसँग अभ्यास नै नगरी संशोधन गरिने कुरालाई प्रत्यासित मान्न नसकिने बताए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : ०१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका