९ पुस २०८२, बुधबार | December 24, 2025

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागम मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । साथै, सबै प्रदेशका थोरै स्थानमा भारी वषाको पूर्वानुमान गरिएको छ । आज दिनभर काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यम वर्षा भएको छ । बुधबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षा हुनेछ ।

महाशाखाका अनुसार काठमाडौँमा ३२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी जनकपुरमा एक सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै धनगढीमा ९७, पोखरामा ९३ र भैरहवामा ८८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : ५० बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना