३ पुस २०८२, बिहिबार | December 18, 2025

नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा



काभ्रेपलाञ्चोक । यहाँको नमोबुद्ध नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत ७० वर्षमाथिका छ हजारभन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, कर्मचारीलगायतको सहयोगमा छ हजार ६५ ज्येष्ठ नागरिकलाई टोलटोलमै स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

नगरको ११ वटा वडाका ६३ टोलमा एक हजार पाँच सय ३५ को रक्तचाप मापन, एक हजार चार सय ८३ को मधुमेह जाँच, आठ सय ६० को अन्य जाँच गर्नुका साथै सात सय ५२ जनालाई निःशुल्क औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सुनिल केसीले जानकारी दिए । उनका अनुसार एक हजार चार सय ३५ जनालाई परामर्श प्रदान गरिएको छ ।

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिकलाई घरदेलौ र पायक पर्ने स्थानमा स्वास्थ्य सेवा प्रदान गरेको र यस कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख कुनसाङ लामाले बताए । उनले ज्येष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा, मासिक घुम्ती स्वास्थ्य परीक्षण शिविर सञ्चालन, निम्न आयस्तर भएका र अति विपन्न वर्गको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

यसअघि नगरले १८ वर्षमाथिका सम्पूर्ण नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । नसर्ने रोगको वृद्धिदर बढ्दै गएको जनाउँदै नगरले रक्तचाप, मधुमेह ९सुगर०, अल्कालीन, प्रोटिन परीक्षण गरी मेथिनकोट अस्पतालबाट थप परीक्षण गराई एक वर्षसम्म निःशुल्क औषधि वितरण गरेको थियो ।

यसैबीच नमोबुद्ध नगरले चालु आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेको छ । चालु आवको गत चैत मसान्तसम्मको अवधिमा १५ महिनामुनिका दुई सय ३६ बालबालिका र १६ देखि ५९ महिनासम्मका दुई सय ३७ जना बालबालिकाले १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि सोमबार खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

बालबालिकाले १६ महिनासम्ममा पाउनुपर्ने खोप सो अवधिमा नपाएको भए २३ महिनासम्ममा पूरा गरिन्छ । यसअघि विभिन्न मितिमा नगरका सबै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : २२ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको