२० असार २०८३, शनिबार | July 4, 2026

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाई आजपनि



काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको रिटको सुनुवाई आजपनि हुदैछ ।

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

यो रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मंगलबार सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो भने बुधबार स्थगितमा परेको थियो । आज यो रिटमा जवाफी बहस हुने भएको छ ।

रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ८ : ४८ बजे

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन