२२ माघ २०८२, बिहिबार | February 5, 2026

बाँके प्रहरीले पक्राउ गर्यो फरार प्रतिवादीलाई



नेपालगन्ज – बाँके प्रहरीले गोली हानेर फरार प्रतिवादीलाई पक्राउ गरेको छ । त्यसक्रममा स्थानीयसँग झडप हुँदा एक जना प्रहरी घाइते भएका छन् भने अर्का स्थानीयलाई गोली हानिएको छ ।

डुडुवा गाउँपालिका वडा नं। ६, सिखनपुरुवाका डाँका चोरी मुद्दाका प्रतिवादी सरमानसिंह सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले सरदारलाई हत्कडी लगाएर ल्याउदै गर्दा स्थानीय प्रतिकारमा उत्रिए । त्यसक्रममा झडप भयो । हत्कडीसहित सरदार फरार भए । प्रहरीले हवाई फायर ग¥यो । स्थिति सामान्य भएन । प्रहरीकै हतियार खोस्ने प्रयास भयो । वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भए ।

प्रहरीले हत्कडीसहित भाग्दै गरेका सरमानसिंह र हतियार खोस्न अघि सरेका नानक सिंखलाई गोली हानेर नियन्त्रणमा लिएको छ । सरमानलाई दाया घुडामुनि र नानकलाई दाया खुट्टाको साप्रामा गोली लागेको छ । गोली लागेका दुई जना र ढुंगा लागेर घाइते भएका प्रहरी वरिष्ठ हवल्दारको भेरी अस्पतालमा उपचार भइरहेको छ।

घटना आज विहान साढे ८ बजेको हो । सरमानसिंह सरदारलाई डाँका चोरी मुद्दामा जिल्ला अदालतले २०७० असार १८ गते ६ वर्ष कैद र १२ हजार जरिवानाको सजाय

सुनाएको थियो । त्यसयता उनी फरार थिए । फैसला कार्यान्वयनको टोली सरदारलाई नियन्त्रण गर्न सिखनपुरुवा पुगेको थियो । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले डाँका चोरी मुद्दामा अदालतबाट सजाय तोकिएका सरमानसिंहलाई पक्राउ गरेर ल्याउदा स्थानीयले प्रतिकार गरेर प्रहरीकै हतियार खोस्न आएपछि तीन राउण्ड गोली चलाएको र दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ३ : ३७ बजे

हिउँले ढाकिएको छाङरू पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक