२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनीका मुख्यमन्त्री महरालाई दिएको समर्थन एमालेबाट फिर्ता



नेपालगन्ज । लुम्बिनी प्रदेशमा नेकपा एमालेले प्रदेशका मुख्यमनत्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको छ ।

लुम्बिनी प्रदेश सभामा एमाले संसदीयदलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलाई पठाउँदै समर्थन फिर्ता भएको जनाएका हुन् ।

संसदीय दलका नेताका हैसियतले प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीलाई छुट्टाछुट्टै पठाएको पत्रमा राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिए‌को परिप्रेक्ष्यमा हालसम्म लुम्बिनी प्रदेश सरकारलाई दिदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख छ ।

उनले पठाएको पत्रमा मुख्यमन्त्री महराको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा ९एमाले० को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा अब सहमतिको सरकार गठन गरि राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिए‌को जनाइएको छ ।

गिरीले प्रदेशमा कस्तो खाले सहमतिय सरकार गठन गर्न थालिएको हो भन्ने विषयमा भने खुलाएका छैनन् । संघीय सरकारको समिकरण परिवर्तन हुन थालेको परिपेक्षमा प्रदेश सरकारमा पनि सरकार परिवर्तन गर्ने योजना अनुरुप उमालेले बिश्वासको मत फिर्ता लिएको बुझिएको छ ।

 

 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ०८ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा