३ पुस २०८२, बिहिबार | December 18, 2025

केपी ओलीको निवासमा कार्यरत सशस्त्रका इन्स्पेक्टरको मृत्यु



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।

४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भएका थापा शनिबार बिहान साढे ५ बजे सूर्यविनायक-९ गुन्डुमा अचेत अवस्थामा भेटिएका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार उनलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा बिहान ६ः५० मा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनास्थलमा प्रहरी वृत्त जगातीको टोली खटिएर अनुसन्धान थालेको कार्कीले बताए। मृतक थापाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

‘शरीरमा कुनै चोटपटक देखिएको छैन, मृतकको घर गुन्डु नै भएको बुझिएको छ,’ कार्कीले भने।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : १५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका