९ श्रावण २०८३, शनिबार | July 25, 2026

नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्छ : महिन्द्र राय यादव



काठमाडौं । सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले प्रतिपक्षका सांसदहरुलाई असार २८ गतेसम्म पर्खिन आग्रह गर्दै नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्ने दाबि गरेका हुन् ।

उनले भने, ‘संसद्मा विश्वासको मत लिनु स्वभाविक रुपमा वैधानिक प्रक्रिया हो । विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसार अर्को सरकार बन्छ । त्यसकारण मैले प्रतिपक्षका साथीहरुलाई आग्रह गर्न चाहन्छु–२८ गतेसम्म धैर्यता राखिदिनका लागि ।’

साथै सांसद यादवले दुई ठुला दल मिलेर संविधान संशोधनको कुरा उठाएको बताउदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा लान खोजे मान्य नहुने बताए । उनले संबिधानमा रहेको थ्रेस होल्ड हटाउन खोजिएको आशंका गर्दै संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी व्यवस्थामा दायाँबायाँ नगर्न चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ५५ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा