३ पुस २०८२, बिहिबार | December 19, 2025

कृषि प्राविधिकको धर्ना जारी



काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका तीन सय ७८ कर्मचारीले दश दिनदेखि मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन् ।

कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार सङ्घमा समायोजन भएका एक हजार तीन सय ३९ कर्मचारीमध्ये तीन सय ७८ कृषि प्राविधिकको कार्यालय र पद अहिले नभएको भन्दै कर्मचारी १० दिनदेखि धर्नामा बसेका हुन् जसका कारण कर्मचारीको २० वर्षदेखि बढुवा पनि हुन नसकेको कृषि प्राविधिक कर्मचारीको आन्दोलन सङ्घर्ष समितिका सदस्य तोयनाथ जोशीले जानकारी दिए ।

कृषि प्राविधिकमा बाली संरक्षण, बाली विकास, कृषि अर्थ, माटो, कृषि प्रसार, कृषि इन्जिनियरिङ, बागवानी, खाद्य समूहका कर्मचारी गरी तीन सय ७८ को कार्यालय र पद हराएर धर्नामा बस्नुपरेको उनले सुनाए । तीन सय ७८ मध्ये ५० जना पशु विकासतर्फका कर्मचारी रहेका छन् ।

कृषि मन्त्रालयका कर्मचारीको बढुवाका लागि विसं २०७६ देखि लोकसेवा खुलेको छैन । मन्त्रालयमा उपसचिवको सङ्ख्यामा कमी आएको समितिका संयोजक माधव पौडेलले बताए । सामान्य प्रशासनतर्फका कर्मचारी थप गर्नुपर्दा रातारात थपिने तर भएका कृषि प्राविधिकलाई समस्यामा पार्न खोजिएको भन्दै समितिले धर्नालाई निरन्तरता दिएको हो । -रासस

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ५९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको