१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

नक्कली लाइसेन्स प्रकरणमा यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर



काठमाडौँ । नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

यातायाता व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदम राज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्युटर अपरेटर विनोद भण्डारीलगायतलाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको हो ।

उनीहरुले विभिन्न मितिमा यातायात व्यवस्था विभागको विद्युतीय प्रणालीमा सवारी चालक अनुमती पत्र सम्बन्धि कुनै प्रक्रिया सुरु नगरेको, लिखित तथा ट्रायल परीक्षामा सहभागी नभएका, ढड्डा तथा साविकको पुरानो डीएल प्रणालीमा कुनै अभिलेख नरहेको आरोप पत्रमा उल्लेख छ ।

त्यस्तै, उनीहरुको संलग्नतामा शक्तिबहादुर खत्री, हर्षबहादुर सिञ्जालीलगायतका व्यक्तिहरुको विवरण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा प्रवृष्ठ नगरी नक्कली विवरण प्रणालीमा इन्ट्री गर्दा नवीकरण गर्न मिल्ने गरी मिति र विवरण इन्ट्री गरी सो विवरणका आधारमा बायोमेट्रिक गराइ नक्कली सवारी चालक अनुमति पत्र वितरण भएको आरोप पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ४० बजे

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता