१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

भोलिबाट नागढुंगा-मुग्लिङ सडक रातभर बन्द हुने



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक भोलि (बुधबार) बाट १५  दिनसम्म रातभर बन्द गरिने भएको छ । सो सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलहरुको प्रबिधिक जाँच तथा मरमत कार्य गर्न रातको समयमा सडक बन्द गरिने भएको नागढुंगा-मुग्लिङ सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै २६ गते देखि साउन ९ गते सम्म पुलहरु मरमत कार्य संचालन गर्दा सडक प्रयोगकर्ताहरुलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत वाधा पर्न जाने देखिएको भन्दै सम्पुर्ण सवारी साधनहरु रोकिने जनाएको छ । सूचनामा सडक प्रयोग गर्दा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै राजमार्ग बन्द रहने उल्लेख गरिएको छ ।

सूचनामा सम्पूर्ण सवारी चालकहरुले आफ्नो लेन अनुशासन कायम राख्न तथा जथाभावी ओभरटेक नगर्न समेत अनुरोध गरिएको छ । सो अवधिमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाईै भने अवरोध नहुने सूचनामा उल्लेख छ । योजना कार्यालयले बन्द रहने अवधिमा वैकल्पिक मार्गको रुपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने समेत जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ५७ बजे

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा

खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ