४ पुस २०८२, शुक्रबार | December 19, 2025

भोलिबाट नागढुंगा-मुग्लिङ सडक रातभर बन्द हुने



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक भोलि (बुधबार) बाट १५  दिनसम्म रातभर बन्द गरिने भएको छ । सो सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलहरुको प्रबिधिक जाँच तथा मरमत कार्य गर्न रातको समयमा सडक बन्द गरिने भएको नागढुंगा-मुग्लिङ सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै २६ गते देखि साउन ९ गते सम्म पुलहरु मरमत कार्य संचालन गर्दा सडक प्रयोगकर्ताहरुलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत वाधा पर्न जाने देखिएको भन्दै सम्पुर्ण सवारी साधनहरु रोकिने जनाएको छ । सूचनामा सडक प्रयोग गर्दा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै राजमार्ग बन्द रहने उल्लेख गरिएको छ ।

सूचनामा सम्पूर्ण सवारी चालकहरुले आफ्नो लेन अनुशासन कायम राख्न तथा जथाभावी ओभरटेक नगर्न समेत अनुरोध गरिएको छ । सो अवधिमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाईै भने अवरोध नहुने सूचनामा उल्लेख छ । योजना कार्यालयले बन्द रहने अवधिमा वैकल्पिक मार्गको रुपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने समेत जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ५७ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा