१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।

हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ६ : ५२ बजे

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता