१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध



बागलुङ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिरोले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका-१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताए । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिराका कारण चार दिनयता सवारी आवागमन रोकिएका छैनन् । सडकको ‘ट्रयाक’ नै पहिराले बगाएका करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको हो । जिल्लामा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ७ : ०७ बजे

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता