२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाउने दुई जना पक्राउ



काठमाडौं । नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् ।

उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ मनोहरा-जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा लगाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ ।

पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ०४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले