१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पत्रकारहरूले आफ्नै कर्मको समीक्षा गर्न जरूरी : काउन्सिल अध्यक्ष बस्नेत



नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कतिपय पत्रकारहरुले गरेको कर्मका कारण नेपालमा पत्रकारिता माथि प्रश्न उठिरहेको बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा आज नेपालगन्जमा आयोजित ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ बिषयक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले पत्रकारहरूले आफ्नै कर्मको समीक्षा गर्न जरूरी रहेको औंल्याए ।

उनले नागरिकबाट प्रत्रकारिताका बिषयमा प्रश्न उठ्न थालेको तर्फ सचेत गराउँदै प्रश्न उठ्ने अवस्था आउन नदिन पत्रकारहरुले मेहनत गर्ने बेला आएको बताए । सुचना प्रबिधिले ठुलो फड्को मारेको उल्लेख गर्दै उनले पुरानै धर्रामा रहेर मिडिया चलाउन नसकिने स्पष्ट पारे ।

संबिधानतः राज्यले प्रेस काउन्सिल गठन गरेपनि सहज वातावरणमा काम गर्ने अवस्था नरहेको उनले बताए । ‘सरकारले काउन्सिललाई तलव खा र चुपचाप बस भन्ने जस्तो ब्यवहार देखाई रहेको छ ।’ उनले भने ।

लोककल्याणकारी विज्ञापनका नाममा करोडैं रूपैयाँ अपारदर्शी ढंगले बितरण भईरहेको अध्यक्ष बस्नेतको आरोप छ । उनले सरकारी निकायबाट कहिँकतै दर्ता नभएका, अनलाईन र सामाजिक सञ्जाललाई करोडौं भुक्तानी भएको बताउँदै त्यस विरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । पछिल्लो समय युट्युबले समाजमा प्रभाव पारिरहेको चर्चा गर्दैै त्यसलाई नियमन गर्न काउन्सिलले प्रयास गरिरहेको जानकारी दिए । काउन्सिल लगायतका नियमनकारी निकायमा दर्ता भएका मिडियाहरुबाट सञ्चालनमा रहेका युट्युबहरुको अभिलेख राख्ने गरिएपनि ब्यक्तिगत संचालनमा रहेका युट्युबलाई कानुनको दायरामा ल्याउन नसकिने उनले जिकिर गरे ।

कार्यक्रममा पत्रकार शरद अधिकारी र झलक गैरेले युट्युब, स्थानीय मिडिया र सामाजिक सञ्जालको समाजमा रहेको प्रभावका बारेमा अवधारणा प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ बाँके शाखाले संयोजन गरेको कार्यक्रममा शाखाका कार्यबाहक अध्यक्ष संगीन शर्माले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ३८ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।