३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

पत्रकारहरूले आफ्नै कर्मको समीक्षा गर्न जरूरी : काउन्सिल अध्यक्ष बस्नेत



नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कतिपय पत्रकारहरुले गरेको कर्मका कारण नेपालमा पत्रकारिता माथि प्रश्न उठिरहेको बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा आज नेपालगन्जमा आयोजित ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ बिषयक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले पत्रकारहरूले आफ्नै कर्मको समीक्षा गर्न जरूरी रहेको औंल्याए ।

उनले नागरिकबाट प्रत्रकारिताका बिषयमा प्रश्न उठ्न थालेको तर्फ सचेत गराउँदै प्रश्न उठ्ने अवस्था आउन नदिन पत्रकारहरुले मेहनत गर्ने बेला आएको बताए । सुचना प्रबिधिले ठुलो फड्को मारेको उल्लेख गर्दै उनले पुरानै धर्रामा रहेर मिडिया चलाउन नसकिने स्पष्ट पारे ।

संबिधानतः राज्यले प्रेस काउन्सिल गठन गरेपनि सहज वातावरणमा काम गर्ने अवस्था नरहेको उनले बताए । ‘सरकारले काउन्सिललाई तलव खा र चुपचाप बस भन्ने जस्तो ब्यवहार देखाई रहेको छ ।’ उनले भने ।

लोककल्याणकारी विज्ञापनका नाममा करोडैं रूपैयाँ अपारदर्शी ढंगले बितरण भईरहेको अध्यक्ष बस्नेतको आरोप छ । उनले सरकारी निकायबाट कहिँकतै दर्ता नभएका, अनलाईन र सामाजिक सञ्जाललाई करोडौं भुक्तानी भएको बताउँदै त्यस विरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । पछिल्लो समय युट्युबले समाजमा प्रभाव पारिरहेको चर्चा गर्दैै त्यसलाई नियमन गर्न काउन्सिलले प्रयास गरिरहेको जानकारी दिए । काउन्सिल लगायतका नियमनकारी निकायमा दर्ता भएका मिडियाहरुबाट सञ्चालनमा रहेका युट्युबहरुको अभिलेख राख्ने गरिएपनि ब्यक्तिगत संचालनमा रहेका युट्युबलाई कानुनको दायरामा ल्याउन नसकिने उनले जिकिर गरे ।

कार्यक्रममा पत्रकार शरद अधिकारी र झलक गैरेले युट्युब, स्थानीय मिडिया र सामाजिक सञ्जालको समाजमा रहेको प्रभावका बारेमा अवधारणा प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ बाँके शाखाले संयोजन गरेको कार्यक्रममा शाखाका कार्यबाहक अध्यक्ष संगीन शर्माले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ३८ बजे

बुटवलको मिलनचोकमा खुल्यो प्राञ्जल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा

बुटवल । वैदेशिक अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

न्यूयोर्क । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै

काठमाडौंको हाँडीगाउँमा बृहत् रक्तदान

काठमाडौं । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा धन्यन्तरी युवा समूहको आयोजना

उर्लाबारीमा ३७० जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

उर्लाबारी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति

भोलि लुम्बिनी प्रदेशको बजेट प्रदेशसभामा प्रस्तुत हुँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का