१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप



काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वास मत नदिन ह्वीप जारी गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ह्विप जारी गर्दै आफ्ना सांसदहरुलाई प्रधानमन्त्री विश्वास मत नदिन निर्देशन दिएका छन् । कांग्रेसले आफ्ना सांसदहरुलाई भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वास मतसम्बन्धी प्रस्ताव पेस गर्दैछन्।

कांग्रेस संसदीय दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असार २८ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको छ,’

यसअघि एमालेले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १ : २४ बजे

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २