८ चैत्र २०८२, आइतबार | March 22, 2026

होटल पौवाको आतिथ्य सत्कार अब सिन्धुलीको सुनकोशी किनारबाट



नेपालगन्ज । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै आएको होटल पौवा ग्रुपले विपी राजमार्ग अन्तर्गत सिन्धुलीको मुलकोटमा सेवा बिस्तार गर्ने भएको छ । नेपालका बिभिन्न क्षेत्रमा १३ वटा शाखा मार्फत सेवा दिँदै आएको पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा संचालन गर्ने भएको हो ।

काठमाडौंबाट ९० किलोमिटर पूर्व सुनकोशी नदीको किनारामा अवस्थित सिन्धुलीको मुलकोटबाट १४औं शाखा संचालन गर्न सम्झौता गरिएको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए ।

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष  भण्डारीले दाबी गरे । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले बताए । ‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’

१२ वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले १३ औं शाखाको रुपमा नेपालगन्जमा ५ तारे होटल निर्माणाधिन रहेको छ भने १४ औ शाखाकारुपमा सिन्धुलीमा संचालन हुन थालेको हो । २० करोड बढी लगानी रहेको मुलकोट शाखाबाट हाल २४ वटा रुम सहित स्वीमिङ पुलको सुबिधा, बाल उद्यान, फलफुलको बगैचा, स्नुकर, सेमिनार हलको सेवा उपलब्ध रहने पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले बताए । स्थानीय जातको लोकल कुखुरा र सुनकोशीको माछाका लागि मुलकोट यस अघि नै ख्याती कमाएको स्थल हो ।

‘मिसन १००’ को यात्रा

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकरात्मक धारणा बनाउने पौवाको प्रयास हो । एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिशन १०० योजना बनाएको होटल पौवा देशभरका बिभिन्न शहरका १२ स्थानमा संचालनमा रहेको छ ।

विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा प्राकृतिक रमणीयस्थल सिन्धली पुगेको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बथाए । रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पछि नेपालगन्जमा निर्माणाधिन सहित सिनधुलीमा १४ औं शाखा संचालन गर्ने भएको हो ।

पुर्वजबाटै सिक्दै आएको आतिथ्यताको सनातन संस्कारलाई अहिलेको पुस्ताले समेत ‘अतिथि देवो भवः’ मार्फत आत्मसात गर्न सक्छ भन्ने उद्देश्यले पौवाको स्थापना भएको पौवा ग्रुपका ब्राण्ड बिभाग प्रमुख बिष्णु भण्डारीले बताए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १० : ०१ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु