१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ : रमेश लेखक



काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउमा आएको बताएका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले प्रधानमन्त्रीले तिन तिन महिनामा विश्वासको मत लिने अवस्था रोक्न नयाँ सहमति गरिएको स्पष्ट गरेका हुन् ।

उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको भन्दै सुशासन कायम गर्न नसकेको बताउदै नयाँ सरकारले सुशासन दिने काम गर्न नयाँ सहमति गरिएको बताए ।

लेखकले संबिधान प्रारम्भ भएको आठ बर्षभन्दा बढी समय भएको बताउदै संबिधान प्रारम्भ भए पश्चात यसका राम्रा र नराम्रा पक्ष हेरेर नराम्रा विषयलाई सुधार गर्ने भनेको बताए । उनले अग्रमनका लागि संबिधान संशोधन गर्ने स्पष्ट गरे ।

लेखकले नेपालको राजनीतिमा कांग्रेस रहेसम्म समावेशिता कमजोर नहुने दाबि गर्दै त्यसमा आशंका व्यक्त नगर्न आग्रह गरे । उनले संबिधान छुनै नहुने विषय नभएको उल्लेख गर्दै लेखकले संबिधानमा नै १० बर्षमा पुरावलोकन गर्ने विषय उल्लेख रहेको बताएका छन् ।

 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ५१ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक