१२ पुस २०८२, शनिबार | December 27, 2025

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न



म्याग्दी । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट छ सय ९८ घरमा खानेपानीको पहुुँच पुगेको हो ।

प्रदेश सरकारबाट प्राप्त ३४ र सङ्घीय सरकारबाट प्राप्त आठवटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्याङ्की निर्माण, पाइप लाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशङ्कर शाहले जानकारी दिए । उनका अनुसार गत आवमा विभिन्न सात खानेपानी योजना सम्पन्न भएर दुई सय नौ घरमा खानेपानीको मिटर जडान गरिएको छ ।

घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ ।

कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८ इन्टेक, १६ सङ्कलन चेम्बर, ११ वितरण चेम्बर, चार बिटिसी चेम्बर र २४ पानी सङ्कलन ट्याङ्की निर्माण भएको छ । एक वर्षमा कुल २७ दशमलव ६७ प्रतिशत किलोटिमर मुख्य पाइप लाइन र ४९ दशमलव ७१ किलोमिटर वितरण पाइप लाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ८ : १६ बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक