२५ भदौ २०८३, बिहिबार | September 10, 2026

म्याग्दीको भिरकाटे-दोवा सडक स्तरोन्नति : लक्ष्यअघि नै सम्पन्न



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको भिरकाटे-दोवा सडक स्तरोन्नति योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवाले ६५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

आगामी चैतसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा एक महिनाअघि नै सम्पन्न भएको हो । सम्झौतालगत्तै पुसदेखि काम थालेको निर्माण कम्पनीले दुई महिनामै योजना सम्पन्न गरेको वडासदस्य बिर्खबहादुर गर्बुजाले बताए ।

बगरदेखि सुनारीटोल खण्डको अप्ठ्यारो ठाउँमा सडक स्तरोन्नति भएको हो । योजनामार्फत हाल तीनदेखि चार मिटर फराकिलो सडकलाई ६ मिटरका दरले फराकिलो बनाएर, नाली, पर्खाल निर्माण, ३४० मिटरमा ढलान र ६० मिटर ग्राभेल गरिएको अन्नपूर्ण गाउँपालिकाका प्राविधिक गौरव भट्टले बताए ।

निर्माण कम्पनीका प्रतिनिधि मनोज भण्डारीले पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना सम्पन्न गरेको बताए । यो सडक मार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति थालिएको हो ।

२०६६ सालमा स्थानीयवासीले करिब एक करोड चन्दा सङ्कलन गरेर भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर दूरीको सडकको मार्ग खोलेका थिए । मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतका भरमा जिप, ट्रयाक्टर र मोटरसाइकलमात्र सञ्चालन हुँदै आएको साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडकलाई अन्नपूर्ण गाउँपालिकाले स्तरोन्नति थालेको हो ।

भिरकाटेस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल बन्नुअघि नै ट्रयाक खुलेको भिरकाटे-दोवा सडकमा यसपालि हालसम्मकै धेरै बजेट विनियोजन भएको हो ।

वडासदस्य गर्बुजाका अनुसार तत्कालीन जिविसको १० लाख अनुदानका साथै गाउँले, पोखरा, काठमाडौं र विदेशमा बस्ने दोबावासीले ९१ लाख चन्दा सहयोग जुटाएर सडक निर्माण गरिएको थियो ।

गत वर्ष ३० लाखबाट मारका क्षेत्रमा सडक स्तरोन्नति गरेको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २५ लाख विनियोजन गरेर योजनालाई निरन्तरता दिएको छ । सडक स्तरोन्नति भएपछि दोवाका तीन सय घरपरिवार लाभान्वित हुनेछन् ।

भिरकाटे-दोवा सडकलाई प्राथमिकताप्राप्त आयोजनामा समेटेर गाउँपालिकाले आगामी वर्षको बजेटमा निरन्तरता दिनुका साथै सङ्घीय र प्रदेश सरकारसँग पनि थप बजेट माग गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ३१ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको