१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

लियो जिल्ला परिषद ३२५ जे द्वारा बागमती क्षेत्रका क्लब पदाधिकारी प्रशिक्षण कार्यक्रम सम्पन्न



काठमाडौं । लियो जिल्ला परिषद् ३२५ जे नेपालले बाग्मती क्षेत्रमा रहेका लियो क्लब पदाधिकारी तथा सदस्यहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको मनास्लु कलेजमा असार २९ गते भएको सो कार्यक्रममा उक्त क्षेत्रका झण्डै १५० जना लियो पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको जिल्ला परिषद्का प्रवक्ता लियो विजय त्रिपाठीले जानकारी दिएका छन् ।

लायन अन्तर्राष्ट्रिय ३२५ जे नेपालका प्रथम उपजिल्ला गभर्नर लायन मिलनबाबु मल्लको उपस्थितिमा भएको कार्यक्रममा लियो क्लबका अध्यक्ष एवं सदस्यहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।

लियो जिल्ला परिषद् अध्यक्ष लियो सबिन भट्टराईको समेत उपस्थिति रहेको कार्यक्रममा क्लबका अध्यक्षहरुलाई लियो जिल्ला परिषद् ३२५ बि १ नेपालका पूर्वअध्यक्ष लियो प्रकाश थापा क्षेत्रिले प्रशिक्षण दिएका थिए । यस्तै सचिवहरुलाई लायन अन्तर्राष्ट्रिय ३२५ जे नेपालका Co-Chief Advisor लायन आरबि अधिकारीले दिए ।

यसैगरी कोषाध्यक्षहरुलाई लायन अन्तर्राष्ट्रिय ३२५ जे नेपालका क्षेत्र प्रमुख लायन टिका कार्की, PRO, Tamer र Tail Twister ले दिए भने लियो जिल्ला परिषद् ३२५ जे नेपालका अध्यक्ष लियो सबिन भट्टराई र अन्य पदाधिकारी तथा क्लबका सदस्यहरुको प्रशिक्षण जिल्ला उपाध्यक्ष लियो बालकृष्ण परियारले गरेका थिए ।

कार्यक्रममा Keynote Speaker को रुपमा Motivational Speaker रोहित मल्लले आफ्नो महत्त्वपूर्ण प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको सञ्चालन लियो जिल्ला परिषद् ३२५ जे नेपालका तालिम प्रशिक्षण सचिव लियो माधव फुयालले गरेका थिए । उक्त कार्यक्रमको संयोजन लियो क्लब अफ काठमाडौं मिलनका अध्यक्ष लियो अबिनास श्रेष्ठले गरेका थिए । कार्यक्रमको सभापतित्व जिल्ला परिषद्का बर्ष २०२४/२५ का उपाध्यक्ष तथा तालिम प्रशिक्षण प्रमुख लियो बालकृष्ण परियारले गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १० : १३ बजे

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर

प्रतिनिधिसभा निर्वाचन : कास्की-२ मा त्रिपक्षीय भिडन्त हुँदै

पोखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ उठाउँदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले