२ चैत्र २०८२, सोमबार | March 17, 2026

नेपालगन्जमा मोहरम लक्षित कडा सुरक्षा



नेपालगन्ज । मुस्लिम समुदायको मोहरमपर्वलाई लक्षित गरेर स्थानीय प्रशासनले नेपालगन्ज आसपासमा सुरक्षा व्यवस्था कडा बनाएको छ । ट्राफिक नियम उल्लङ्घनगरी मोटरसाइकल र स्कुटर चलाउनेमाथि निगरानी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनले भारतबाट आवजावत गर्ने सवारीसाधनको जाँच गरिएको र केही समयका लागि संवेदनशील क्षेत्रलाई निगरानीमा राखिएको बताए । चाडपर्वका समयमा उच्छृङ्खल व्यवहार नगर्न र घरेलु हतियार लिएर नहिँड्न सार्वजनिक अनुरोध गरिनुका साथै हेलमेट नलगाउने र होहल्ला गरी मोटरसाइकल, स्कुटर चलाउनेविरुद्ध विशेष अभियान चलाइएको प्रजिअ रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले शान्तिसुरक्षाका लागि ट्राफिक नियमको पालना गराइएको बताए । उनले मोहरमपर्वलाई लक्षितगरी ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र त्योसँगै ड्रोन क्यामेरामार्फत निगरानी भइरहेको बताए ।

गएको तीन दिनमा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल र स्कुटर चालक एक सय २३ जना कारबाहीमा परेका छन् । वडा प्रहरी कार्यालयका अनुसार बुधबार मोहरमपर्व समापन भइसकेपछि आवश्यक जरिवाना लिएर ती नियन्त्रणमा रहेका सवारीसाधन चालकलाई फिर्ता गरिने जनाइएको छ ।

मोहरमपर्व चलिरहेका बेला नेपालगन्ज ११ टाँगा स्टेशन नजिक मोटरसाइकल र स्कुटरमा आएका व्यक्तिले धारिलो हतियारको प्रयोग गरेर एक जना युवकको हत्या गरेपछि प्रहरी प्रशासनले मोटरसाइकल र स्कुटरमा विशेष निगरानी बढाउनुका साथै घरेलु हतियार नबोक्न सूचना निकालेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना प्रकाशित गरेर मोहरमपर्वका बेला कसैले पनि उच्छृङ्खल व्यवहार गरेको, बिनाकाम राति हिँडेको, रडलगायत घातक घरेलु हतियार लिएको र मोटरसाइकल तीव्रगतिमा तथा नियमविपरीत चलाएको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ९ : ४२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित