१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई



काठमाडौं । चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकामा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत आज एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भनेका छन्, “यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।”

आफ्नो सन्देशमा प्रधानमन्त्री लिले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको बताएका छन् ।

प्रधानमन्त्री लिले दुई देशका नेताबीच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको बताए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : ५४ बजे

अमेरिका-इजरायल आक्रमणबाट इरानमा हालसम्म ७८७ जनाको मृत्यु

अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेदेखि अहिलेसम्म ७८७

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

धनुषा-१ बाट रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनुषा क्षेत्र नं. १

यस्तो छ २०८३ सालमा हुने सार्वजनिक विदाको सरकारी सूची (सूचीसहित)

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदाको सूची