२३ चैत्र २०८२, सोमबार | April 6, 2026

रुपन्देहीको तिलोत्तमामा रहेको शक्ति फूड प्रोडक्सनको सौर्य ब्राण्डले गर्यो एन्यूअल मिट



बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको शक्ति फूड प्रोडक्स प्रा.लीले बिहिबार दोस्रो वार्षिक बजार समीक्षा सम्पन्न गरेको छ । बिगत १८ वर्षदेखि विभिन्न खाद्य परिकार (एफएमसीजी) उत्पादन गर्दै आएको फूड प्रोडक्सनले देशभरका बजार प्रतिनिधिहरुको सहभागितामा आयोजित ‘एन्यूअल सेल्स मिटिङ’ मा बर्तमान बजार समीक्षा तथा आगामी योजनाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा देशभरका २ दर्जन बढी मार्केटिङ अफिसरहरु सहभागी भएको रिजनल सेल्स म्यानेजर सन्तोष ढुङ्गेलले जानकारी दिए । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा उद्योग रहेको शक्ति फूड प्रोडक्सले सौर्य ब्राण्डमा डेढ दर्जन बढी परिकारहरु बजारमा ल्याएको छ ।

नमकिन, दालमोठ, भुजिया, फुरनदाना, मटर, पिनट, भटमास, मुग दाल लगायतका परिकारहरु उत्पादन गर्दै आएको शक्ति फूडले पछिल्लो २ वर्षदेखि अन्तर्राष्ट्रिय मान्यता प्राप्त युरोपियन मेशिनद्वारा सतप्रतिशत सुजी प्रयोग गरी तयार पारिएको पास्ता र आलुबाट बनेको चिप्स समेत बजारमा ल्याएको छ ।

उक्त उत्पादनलाई प्राथमिकता दिएर आयोजना गरिएको सेल्स मीट गरिएको प्रा.लीका अध्यक्ष सुरज खत्रीले जानकारी दिए । उक्त कार्यक्रममा आगामी योजनासहित सुझाव संकलन गरी कार्ययोजना प्रस्तुत गरेका थिए ।

कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम गैरेका अनुसार शक्ति फूडका हालसम्म देशभर १२५ डिलर रहेका छन् भने सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २ दर्जन बढी डिलरहरु रहेको जानकारी दिए ।

सन् २००७ मा उद्योगको स्थापना गरी उत्पादन गर्दै आएका उद्योगी तथा कम्पनीका अध्यक्ष खत्रीले विदेश निर्यातका लागि समेत योजना बनाइरहेको जानकारी दिए ।

हाल १ सय जना बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको उद्योगले आफ्नो क्षमता वृद्धि र विदेश निर्यातबारे योजना बनाइ रहेको उनले उल्लेख गरे । यस कार्यक्रममा निर्देशक सपना क्षेत्रीको समेत उपस्थिती रहेको थियो । यो मीट २ दिनसम्म जारी रहने बताइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १२ : ४४ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का