३ पुस २०८२, बिहिबार | December 18, 2025

‘रातारात गरेको सात बुँदेमा के छ ?’- चित्रबहादुर केसी



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस र एमालेले रातारात गरेको सात बुँदेमा के छ ? भनेर प्रश्न गरेका छन् । प्रगतिशील पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा केसीले सम्झौता जनता र राष्ट्रको हितमा भएको भए किन लुकाइरहेको ? भन्दै प्रश्न गरेका हुन् ।

केसीले सार्वजनिक नगर्नुपर्ने के कारण हो ? भन्दै राजनीतिमा यसरी सम्झौता लुकाएर नहुने बताए । उनले विगतको संसद विघटनलाई प्रधानमन्त्री केपी ओलीले गल्ती भएको भनेर स्वीकार नगरेको उल्लेख गर्दै विगतमा जस्तै प्रधानमन्त्री ओलीले संंसद विघटन गर्न सक्ने बताए ।

केसीले विगतमा अदालतले गलत ठहर गरेर फैसला गर्दा पनि दुई पटकसम्म संसद विघटन गरेको बताउँदै अहिले पनि उनको भर पर्न नहुने बताए । ‘त्यो कुरा गल्ती हो भनेर अहिलेसम्म स्वीकारेका छैनन्’, केसीले भने, ‘फेरि पनि संसद भत्काउने र मुलुक प्रतिगमनतिर जाने डर छ ।’

स्थायित्वकालागि कांग्रेस एमाले समिकरण बनेको प्रचार गरिएपनि त्यसमा सत्यता नभएको केसीले बताए । उनले कांग्रेस र एमालेले स्थायित्व चाहेको भए २०७९ को चुनावको नतिजा आएलगत्तै सोचेर दुई ठूला दल मिलेर सरकार बनाउनुपर्नेमा त्यसो नगरेको बताए । केसीले नयाँ गठबन्धनले स्थिरता दिन्छ भनेर पत्याउन नसकिने बताए ।

‘नेपालको राजनीतिमा सिद्धान्त, इमान जमान छैन, छलकपट, जालझेल मात्रै छ त्यसैले यो सरकार लामो समय टिक्छ भनेर भन्ने अवस्था छैन’, केसीले भने, ‘यहाँ एउटालाई खेलाएर अर्कोलाई गलाउने, अर्कोलाई प्रयोग गरेर अर्कोलाई सिध्याउने आफू जोगिने खेल मात्र हुन्छ ।’ जनमोर्चा अध्यक्षले राष्ट्रिय जनमोर्चाले केपी ओलीलाई विश्वासको मत नदिने पनि स्पष्ट पारे । केसीले सरकार चलाउनेहरुको चरित्र र व्यवहार गतिलो नभएकाले सरकारलाई विश्वासको मत नदिने बताए । उनले कांग्रेस र एमालेको वीचमा भएको ७ बुंदेमा संविधान शंसोधन गरेर प्रदेश हटाउने सहमती भए राष्टिय जनमोर्चाले सरकारलाई समर्थन गर्न सकिने बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ६ : १९ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन