३० श्रावण २०८३, शनिबार | August 16, 2026

‘आफू र आफ्नालाई जोगाउन मात्रै राजनीति नगरौँ’



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो र आफ्नालाई जोगाउनका लागि मात्रै राजनीति नगर्न सुझाव दिएका छन् ।

आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुनै पनि कानुनी आपराधिक गतिविधिबाट आफू र आफ्ना मान्छेलाई जोगाउन राजनीति गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, “हामी नसच्चिने हो भने गणतन्त्र र लोकतन्त्रको अस्तित्व सङ्कटमा पर्नेछ । देशको अस्तित्व बचाउनका लागि हामी राजनीतिक व्यक्तिले देश र जनताको लागि राजनीति गरौँ । आफ्नो र आफ्नालाई जोगाउन मात्रै राजनीतिक नगरौँ ।”

केसीले राजनीतिक दलका नेताद्वारा घोषित एजेण्डाको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा जनताले विश्वास गर्न छाडेको बताए । जनताले सोचेअनुरुपको समृद्धि हुन नसकेको बताउँदै उनले राजनीतिक व्यवस्था सदृढ गर्न जनताको विश्वास दिलाउने गरी काम गर्न सुझाव दिए ।

“अनि अहिले अध्यादेश ल्याउनुको कारण भूमिहीन जनतालाई जग्गा दिन हो ? खेतीयोग्य जग्गामा घर बनेका छन् । करोडौँ खर्च गरेर विदेश गएका छन् । घरहरु खाली छन् । यसको समस्या कसरी समाधान हुन्छ ?” उनले प्रश्न गरे ।

सरकारको संरक्षणमा सहकारीमार्फत ठगी भइरहेको बताउँदै उनले सहकारीले ठगेका पैसा जसरी पनि जनतालाई दिलाउनुपर्नेमा केसीले जोड दिए । उनले भने, “लोकतन्त्र तथा गणतन्त्रका लागि लड्यौँ । तर जनतालाई त्यसपछि के के दियौ त ? त्यही महँगी होइन ?”

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ४० बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो