१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसको सहयोगमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई एमालेसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा ९एकीकृत समाजवादी०, राप्रपाले भने विपक्षमा मत हाल्ने निर्णय गरिसकेका छन् ।

एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । नेपाली कांग्रेसले पनि आज बिहान संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसले पनि आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : १४ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका