१५ माघ २०८२, बिहिबार | January 29, 2026

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । गत असार १७ मा केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समीकरणको सहमति बनेसँगै मुख्यमन्त्री जम्कट्टेलमाथि सङ्कट देखिएको थियो ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारबाट असार २४ मा एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै ५ मन्त्रीको सामूहिक राजीनामा गराएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन नेकपा एमालेले ह्विप जारी गरेको छ । एमाले संसदीय दल बागमती प्रदेशको शनिबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गर्दै ह्विप जारी गरेको हो ।

एमालेले आफ्ना सांसदहरूलाई आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुने र विपक्षमा मत हाल्न ह्विप जारी गरेको संसदीय दलका मुख्य सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ८ : ०८ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण