१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

एसिसी महिला एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित



काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो ।

जितको लागि नेपालले दिएको एक सय नौ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११ दशमलव पाँच ओभरमा एक विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ५७ रन बनाइन् । यसैगरी मुनिबा अलीले अविजित ४६ रनमा बनाइन । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो । नेपालको लागि कविताले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३१ रन बनाइन् भने सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे ।

पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन भने फातिमा सानाले एक एक विकेट लिइन ।

यस खेलसँगै समूह ‘ए’ मा दुवै टोलीको दुई खेलबाट समान दुई दुई अङ्क जोडेका छ्न । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराउँदा पाकिस्तान भारतसँग सात विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही साउन आठ गते भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : २३ बजे

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका