१३ पुस २०८२, आइतबार | December 28, 2025

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मङ्गलबार



काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन आगामी मङ्गलबार हुने भएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम १ बमोजिम उक्त समितिको सभापतिको निर्वाचनका लागि यही साउन १५ गते समय तय गरिएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको आसनमा रहनुभएका उपसभामुख इन्दिरा रानाले सभापति पदको निर्वाचनसम्बन्धी जानकारी दिँदै निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न प्रतिनिधिसभाका महासचिवलाई निर्देशन दिए ।

यसअघि समितिको सभापति रहेकी डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि नयाँ सभापति चयन गर्न लागिएको हो ।

प्रतिनिधिसभाको आजको बैठकले सांसद उपेन्द्र यादवलाई अर्थ समिति, भानुभक्त जोशी र दीपक कार्कीलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र धनबहादुर बुढालाई महिला तथा सामाजिक मामिला समितिको सदस्यमा चयन गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ५ : १२ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका