५ असार २०८३, शुक्रबार | June 19, 2026

वालिङमा बसाइँसरी आउनेको तुलनामा जाने तेब्बर



वालिङ । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार यहाँको वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर देखिएका छन् । व्यक्तिगत घटना दर्ता प्रतिवदेनअनुसार वालिङमा पछिल्ला दुई आवमा एकहजार चार सय १७ जना बसाइँ सरेर गएका छन् भने चार सय ८१ जना बसाइँ सरी आएका छन् ।

वालिङ नगरपालिका पञ्जिकरण शाखाका ‘फोकल पर्सन’ नारायण रेग्मीका अनुसार आव २०७९/०८० मा दुई सय २२ घरधुरीका आठ सय १२ जना बसाइँ सरी गएका थिए । सोही आवमा ७५ घरधुरीका दुई सय ८४ जना बसाइँ सरी आएका थिए ।

आव २०८०/०८१ मा एकसय ८१ घरधुरीका छ सय पाँच जना बसाइँ सरी गएका छन् । सोही आवमा ५५ घरधुरीका एकसय ९७ जना बसाइँ सरी आएका छन् ।

वालिङ नगरपालिकाका केही वडामा बजार विस्तार भइरहेको छ । केही वडा ग्रामीण र भौगोलिक दृष्टिले विकट छन् । ग्रामीण तथा विकट क्षेत्रबाट बजारमा बसाइँ सर्ने र बजारमा बस्दै आएकाहरु ठूला शहर तथा विदेश जाने प्रचलन बढ्दै गएको हो ।

“स्वास्थ्य, शिक्षा र अन्य सुविधाका लागि ग्रामीण वडाबाट शहरी वडामा बसाइँ सरेर आउने र शहरी वडाबाट अन्यत्र बसाइँ जाने गरेको देखिन्छ”, रेग्मीले भने, “समग्रमा नगरपालिकाभित्र आउनेभन्दा जाने बढी देखिएको छ ।”

नगरका १४ वटा वडाबाट बसाइँसराई गर्ने केही नगरभित्रकै एउटा वडाबाट अर्को वडामा गएको र धेरैजसो वालिङभन्दा अन्यत्र गएको तथ्याङ्क छ । वालिङमा उच्च शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता कारणले गर्दा यहाँबाट बसाइँसराई गरी अन्यत्र जाने गरेको नगर प्रमुख कृष्ण खाँणले बताए ।

“बसाइँसराईका मुख्य कारण स्वास्थ्य, शिक्षा, रोजगारी मुख्य हुन् भने अन्य कारण पनि हुन सक्छन्”, उनले भने, “वालिङमा बसाइँ सरी आउनेभन्दा जाने धेरै हुनु पक्कै राम्रो कुरा होइन, यो गम्भीर विषय भएकाले यो छलफलको विषय बनाउनु जरुरी छ ।”

यहाँका नागरिकलाई वालिङमै रहने वातावरण बनाउन वालिङ नगरपालिकाकोतर्फबाट गर्न सकिने सबै प्रयास गर्न नगरपालिका प्रतिवद्ध रहेकोे उनले बताए ।

वालिङमा सुविधा सम्पन्न अस्पताल नहुनु, सिद्धार्थ राजमार्गलगायतका सहायक सडकको स्तरोन्नति नहुनु, उच्च शिक्षा अध्ययनकालागि विद्यालय नहुनु, पछिल्लो समय वालिङमा महङ्गी धेरै हुनु जस्ता कारण पनि यहाँबाट मानिस अन्यत्रै जाने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  २ : २४ बजे

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र