१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रुपन्देहीमा प्रथम मगर साहित्य सम्मेलन हुने, देश तथा विदेशमा समेत तयारी सुरु



बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा प्रथम साहित्य सम्मेलन हुने भएको छ । आगामी मंसिर २१ र २२ गते हुने सम्मेलनको तयारीका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरी तयारी सुरु गरिएको प्रचार समितिका संयोजक यम रानाले जानकारी दिए ।

सम्मेलनको तयारी स्वरुप शनिबार बुटवलमा वृहत अन्तरक्रियासहित सम्मेलनको औचित्य तथा महत्व बारे छलफल गरिएको थियो । कार्यक्रममा सम्मेलनको लोगो समेत सार्वजनिक गरिएको छ ।

मगर समुदायिको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसनको आयोजना गरिने रानाले जानकारी दिए ।

देशभरका मगर साहित्यकार, कलाकार तथा फरकफरक विधाका व्यक्तित्वहरुको सहभागिता रहने सम्मेलनका आयोजनाका लागि ४१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । सम्मेलन सफल बनाउन प्रवासमा रहेका नेपालीहरुलाई जोड्न १ नर्जन बढी देशहरुमा उप समिति गठन गरी तयारीलाई अघि बढाइएको छ ।

सम्मेलनमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने सम्मेलन मूल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशीले सम्मान गरिने छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशीले सम्मान गरिने थापाले जानकारी दिइन् ।

सम्मेलनमा आदि कवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने अध्यक्ष थापाले जानकारी दिइन् । सम्मेलन सम्पन्न गर्न २० लाख खर्च अनुमान गरिएको छ भने उक्त रकम दान दातव्य, मगर चलचित्र च्यारिटी शो, विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन, क्यूआर कोटबाट न्यूनतम १० रुपैयाँ दान अभिायन तथा स्थानीय सरकारसँग सहकार्य गरी संकलन गरिने आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ०७ बजे

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार