१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी



तनहुँ । जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ ।

राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही अवधिमा १६ हजार सात सय ४३ राहदानी सिफारिस गरिएको छ ।

कार्यालयले एक वर्षको अवधिमा आठ हजार नौ सय ५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा आठ हजार नौ सय ४६ र वैवाहिक अङ्गीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र चार हजार दुई सय २६ पुरुष छन् ।

यसैगरी, सात हजार छ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा नौ महिला र १९ पुरुष गरी २८ जनाको नागरिकता रद्द गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च भएकाले पनि नागरिकताभन्दा बढी राहदानी वितरण भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनकाअनुसार कार्यालयबाट पाँच सय १५ जनालाई नाबालक परिचयपत्र, १४ जनालाई प्रतिलिपि वितरण गरिएको छ । २५ हजार दुई सय २७ जनाको राष्ट्रिय परिचयपत्र नयाँ दर्ता गरिएको छभने एक हजार १४ परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ ।

आठ सय ४५ लाई जनजाति प्रमाणित, चार सय १८ लाई दलित प्रमाणित, एक सयलाई विपन्न खस आर्य प्रमाणित, ३८ लाई मुस्लिम प्रमाणित गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । उनका अनुसार एक सय ५८ जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरिएको छभने १२ जनालाई यात्रा अनुमतिपत्र सिफारिस गरिएको छ ।

सोही अवधिमा कार्यालयमा एक सय ४५ मुद्दा दर्ता भएकामा ७९ फछ्र्यौट भएका छन् । संस्था दर्तातर्फ २५ नयाँ, छ सय ८७ नवीकरण, हातहतियारतर्फ तीन नवीकरण र एक नामसारी भएका छन् ।

कार्यालयले संस्था दर्ताबाट रु १० लाख ३० हजार छ सय १०, हातहतियारबाट रु छ लाख एक हजार एक सय २५, राहदानी दस्तुरबाट रु आठ करोड ४६ लाख ५३ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट रु ११ लाख ५० हजार छ सय ३८, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु दुई लाख २३ हजार राजश्व सङ्कलन गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ४० बजे

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको