१५ चैत्र २०८२, आइतबार | March 29, 2026

तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी



तनहुँ । जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ ।

राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही अवधिमा १६ हजार सात सय ४३ राहदानी सिफारिस गरिएको छ ।

कार्यालयले एक वर्षको अवधिमा आठ हजार नौ सय ५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा आठ हजार नौ सय ४६ र वैवाहिक अङ्गीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र चार हजार दुई सय २६ पुरुष छन् ।

यसैगरी, सात हजार छ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा नौ महिला र १९ पुरुष गरी २८ जनाको नागरिकता रद्द गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च भएकाले पनि नागरिकताभन्दा बढी राहदानी वितरण भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनकाअनुसार कार्यालयबाट पाँच सय १५ जनालाई नाबालक परिचयपत्र, १४ जनालाई प्रतिलिपि वितरण गरिएको छ । २५ हजार दुई सय २७ जनाको राष्ट्रिय परिचयपत्र नयाँ दर्ता गरिएको छभने एक हजार १४ परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ ।

आठ सय ४५ लाई जनजाति प्रमाणित, चार सय १८ लाई दलित प्रमाणित, एक सयलाई विपन्न खस आर्य प्रमाणित, ३८ लाई मुस्लिम प्रमाणित गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । उनका अनुसार एक सय ५८ जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरिएको छभने १२ जनालाई यात्रा अनुमतिपत्र सिफारिस गरिएको छ ।

सोही अवधिमा कार्यालयमा एक सय ४५ मुद्दा दर्ता भएकामा ७९ फछ्र्यौट भएका छन् । संस्था दर्तातर्फ २५ नयाँ, छ सय ८७ नवीकरण, हातहतियारतर्फ तीन नवीकरण र एक नामसारी भएका छन् ।

कार्यालयले संस्था दर्ताबाट रु १० लाख ३० हजार छ सय १०, हातहतियारबाट रु छ लाख एक हजार एक सय २५, राहदानी दस्तुरबाट रु आठ करोड ४६ लाख ५३ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट रु ११ लाख ५० हजार छ सय ३८, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु दुई लाख २३ हजार राजश्व सङ्कलन गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ४० बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक