८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र



काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या क्रमशः समाधान भइरहेकाले राहदानी सेवा छिट्टै पूर्ववत सहज हुने जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन मन्त्रालय र राहदानी विभाग प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उनले राहदानी प्रणाली परिवर्तनपछि गत असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य सुरु भएको जानकारी दिए । उनका अनुसार नयाँ प्रणालीमार्फत हालसम्म आठ हजार २६० राहदानी छापिसकेको छ । हाल राहदानी विभाग, देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, छ वटा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३१ नेपाली नियोगबाट राहदानी आवेदन सेवा सञ्चालनमा रहेको छ । त्यस्तै आठ वटा नेपाली नियोगमा कुनै पनि समय अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रवक्ता पौडेलले प्रणाली स्थिरीकरणको चरणमा केही प्राविधिक समस्या देखिनु अपेक्षित रहेको उल्लेख गर्दै सम्बन्धित प्राविधिक टोलीले ती समस्याको समाधान गरिरहेको बताए ।

मन्त्रालयकाअनुसार छापिएका राहदानी सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा शीघ्र पुर्‍याउन हुलाक विभागसँग सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ । साथै, नागरिकले जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सक्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पनि सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ४ : २६ बजे

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका